- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
बिर्तामोड– झापाको गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाउँको गहते जङ्गलमा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि बालिकालाई बेहोस बनाएर उनी फरार भएका थिए ।
उदयपुरबाट फरार भएर भारततर्फ भागेको र प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए ।
छनौट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
बलात्कार मुद्दामा दोषी ठहर गर्दै उदयपुर जिल्ला अदालतले २०७७ साल मङ्सिर २३ गतेउनलाई ९ वर्ष जेल सजाय र एक लाख रुपैंया पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
अर्कै नागरिकता बनाएको आशङ्कामा पनि उनीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


















