२ असार २०८२, सोमबार | Tue Jun 17 2025

रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी



चितवन-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको रकम अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसहित १० जनाविरुद्ध अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

कास्कीबाट लामिछानेलाई काठमाडौँ लैजाने तयारी पनि भइरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  ७ : ३४ बजे