१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन



बिर्तामोड– एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा उनको शुक्रवार निधन भएको हो ।

झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघको पूर्व वरिष्ठ उपाध्यक्ष तथा हाल कोशी प्रदेश फुटबल रेफ्री संघको सदस्य थिए ।

उनी शुक्रबार उपचारका लागि हस्पिटलमा भर्ना भएका थिए । आइसीयुमा उपचारका क्रममा आज निधन भएको झापा रेफ्रीका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

अध्यक्ष दनुवारका अनुसार दिवंगत ढुंगानाको भोलि ९शनिबार० हडिया खोलाको चिलिम घाटमा अन्त्येष्टि गरिने भएको छ । अब ढुंगानाको सिटी बज्ने छैन भने फुटबल मैदानमा पहेँलो र रातो कार्ड पनि देखिने छैन ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ००:००  ८ : २५ बजे