बिर्तामोड-नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा जीवनकुमार खँड्काले उमेद्वारी घोषणा गरेका छन् । संघको वर्तमान समितिमा महासचिवको भूमिका निर्वाह गरेका खँड्काले यसपटक नेतृत्वदायी भूमिकामा आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
व्यवसायिक सुरक्षा र हितका लागि आफूले यसपटक संघको नेतृत्व लिन चाहेको खँड्काले बताए । २०५२ सालदेखि औषधि व्यवसायको क्षेत्रमा लागेका खँडका २०६४ सालदेखि संघमा क्रियाशील छन् ।
१६ वर्षदेखिको क्रियाशीलताले आमऔषधि व्यवसायीका समस्याका विषयमा आफू पूर्ण जानकार रहेको र त्यसको समाधानका लागि लड्न अझै प्रेरणा मिल्ने विश्वास लिएको खँड्काले बताए ।
‘आम औषधि व्यवसायीको मन पाएको छु । मत मात्रै पाउन बाँकी छ’, खँडकाले भने, ‘१२ गतेको निर्वाचनले त्यो पनि प्राप्त हुन्छ ।’ उनले सहमतिमा नेतृत्व चयनका लागि पनि प्रयास भइरहेको बताए ।