२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

११ महिनामा विदेशिए ६ लाख ८२ हजार नेपाली



झापा-एघार महिनाको अवधिमा झन्डै ७ लाख नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । जेठ मसान्तसम्म ६ लाख ८२ हजार ३८६ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्रै ७ लाख ७१ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । विभागका निर्देशक गुरुदत्त सुवेदी रोजगारीमा जाने नेपालीको सङ्ख्या थपिँदै गएको बताउँछन् ।

विभागका अनुसार नेपालीका लागि युएइ पहिलो श्रम गन्तव्य बनेको छ । जेठ मसान्तसम्म १ लाख ७४ हजार ९१७ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् ।

युरोपेली मुलुक जाने नेपालीको सङ्ख्या पनि कम छैन । क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा र पोर्चुगलमा पाँच हजार भन्दाबढी नेपाली गएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ८ : ३४ बजे