१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

बिर्तामोडमा साउन मसान्तसम्म धारा वितरण र पाइपलाइन विस्तार बन्द



बिर्तामोड-बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तत्काल धारा वितरण नगर्ने भएको छ । वर्षायाममा धारा वितरण तथा पाइपलाइन विस्तार गर्न समस्या भएको जनाउँदै संस्थाले यस्तो निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले साउन मसान्तसम्म नयाँ धारा वितरण र पाइपलाइन विस्तारको काम बन्द गर्ने निर्णय गरेको अध्यक्ष मेघराज बाँस्तोलाले जानकारी दिए ।

बैठकले सडक पूर्वाधार निर्माणका क्रममा खानेपानीका पाइपहरूमा क्षति पुगेको भए तत्काल जानकारी गराउन उपभोक्तालाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  १० : १६ बजे