१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

विद्यार्थी सवार स्कूल बस दुर्घटना : बसमा थिए २४ जना विद्यार्थी



झापा-पोखरा २१ फुसेखोलामा सोमबार बिहान स्कूल बस दुर्घटना भएको छ । पोखरा १७ बिरौटाको एलपी देवकोटा स्कूलको बस सडकबाट करिब ४० मिटर तल खसेको हो ।

बसमा २४ जना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा ती सबै विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खोल्न बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  १० : १२ बजे