९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बैंकमा पैसा थुप्रियो : कर्जा लगानीमा सकस, बचतकर्ताले थोरै पाउन थाले ब्याज



झापा-बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । लगानी योग्य रकमसमेत बैंकहरूले लगानी गर्न सकेका छैनन् । बैंकहरू पर्ख र हेरको स्थितिमा छन् ।

लगातार निक्षेप बढेपछि तरलता व्यवस्थापन गर्न बैंकहरूलाई सकस परिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकहरूको निक्षेप १२ दशमलव ३ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा निक्षेप १३ प्रतिशतले बढेको छ । निक्षेप बढेपछि बैंकले ब्याजदर ज्यादै न्यून दिन थालेका छन् ।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सात खर्ब ४२ अर्बले बढेपनि कर्जा लगानी भने बढ्न सकेको छैन । अघिल्लो आर्थिक वर्षको तुलनामा दुई खर्ब ७६ अर्बले मात्रै कर्जा लगानी बढेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ००:००  ८ : ३४ बजे