१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोशीमा भएका आगलागीमा ५ जनाको मृत्यु



झापा-कोशी प्रदेशमा भएकाे पछिल्लो आगलागीका घटनामा पाँच जनाको मृत्यु भएको छ । श्रृङ्खलाबद्ध आगलागीका घटनामा मानवीय क्षति बढेको हो ।

दुई दिनअघि मात्रै भोजपुरमा भएको आगलागीमा तीनजना बालबालिकाको ज्यान गएको थियो । आगलागीमा परी पाँचथर र झापामा एकएक जनाको मृत्यु भइसकेको छ ।

मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, इलाम, पाँचथर, उदयपुर लगायतका जिल्लामा श्रृङ्खलाबद्ध रूपमा आगलागी हुँदा करोडौँको धनमाल क्षति भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ००:००  १० : ४३ बजे