काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गएनन् ।
सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएका हुन् ।
कतिपयले नेता नेपालले सपथ ग्रहण बहिष्कार गरेको आशंका गरेका छन् । यद्यपि, एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्ष नेपाल काठमाडौँ बाहिर रहेकाले सपथमा सहभागी नभएको जनाएका छन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी भएका छन् ।















