१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ



बिर्तामोड- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपाबाट एकजना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठा घरबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । वडाध्यक्षका गाडी चालक पदमबहादुर प्रधान पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ९ : ५५ बजे