२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

जग्गादाता अग्रवाल दम्पत्तिलाई सम्मान




बिर्तामोड–झापा विद्युतीय व्यवसायी संघले जग्गादाता बिर्तामोडका अग्रवाल दम्पत्तिलाई सम्मान गरेको छ । संघको भवन निमार्णका लागि जग्गादान गर्ने समाजसेवी दीपचन्द्र अग्रवाल र उनकी धर्मपत्नी अनिता अग्रवाललाई शनिवार सम्मान गरिएको हो ।

दीपचन्द्र झापा विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष हुन् । उनले संघको भवन निमार्णका लागि बिर्तामोड–४ मा साढे आठधुर जग्गा दान गरेको संघका अध्यक्ष डिल्लीराम बाराकोटीले बताए ।

अग्रवाल दम्पत्तिलाई बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, निवर्तमान अध्यक्ष भक्तिप्रसाद पाठक लगायतले सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्व अग्रवालले भवनको छत ढलानका लागि आवश्यक सम्पूर्ण सामग्री पनि निशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार ००:००  ७ : ४१ बजे