१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तस्करीको चार किलो सुनसहित तीन जना पक्राउ



दोलखा– दोलखाको सिँगटीबाट तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सो परिणामको सुन बरामद गरेको छ ।

लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार ००:००  ७ : ५३ बजे