१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा सापकोटा



झापा- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा बिनोद सापकोटा निर्वाचित भएका छन् । शिवसताक्षीमा व्यवसाय गर्दै आएका सापकोटा आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सापकोटा यसअघि उपाध्यक्ष थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनी पत्रकारितामा पनि क्रियाशील छन् । झापाको धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाललाई चयन गरेको छ ।

उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडा चयन भएका छन् । सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दिकेशर घिमिरे, मनकुमार चौलागाई, जीवन सुवेदी र तीर्थ काफ्ले छानिएका छन् ।

यसअघिको उद्घाटन सत्र सञ्जय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जीव सत्यालले पुस्तक तथा स्टेशनरीको व्यापार सम्मानित र शिक्षित वर्गको व्यवसाय भएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेशका उपाध्यक्ष जीवन नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी, पूर्व झापा अध्यक्ष समेत रहेका अधिवक्ता फणिन्द्र न्यौपाने लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार ००:००  ११ : ०८ बजे