८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

न्यूटन्सका संस्थापक हरिकुमार प्रसाईको स्मृतिमा महापुराण



बिर्तामोड-शिक्षासेवी हरिकुमार प्रसाईको स्मृतिमा परिवारजनले श्रीमद्भागवत सप्ताह महापुराण आयोजना गरेका छन् । न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक प्रसाईको वार्षिक पून्यतिथिको अवसरमा महापुराण आयोजना गरिएको हो ।

न्यूटन्स एजुकेशन एकाडेमी परिसरको निजी निवासमा महापुराण सञ्चालन भइरहेको छ । महापुराणमा विद्यालयका अभिभावक, आफन्त, इष्टमित्र एवमु शुभेच्छुकले नियमित कथा श्रवण गरिरहेका छन् ।

महापुराणमा आचार्य पण्डित कमल रिजालले संगीतमय कथा प्रवचन दिइरहेका छन् भने पण्डित केशव रिजालले श्रीमद्भागवत मूल पाठपारायण गरिरहेका छन् ।

पुस ८ गतेबाट सुरु भएको महापुराण पुस १४ गते पूर्णाहुति, तिलकपाति र प्रसाद वितरणसँगै समापन संस्थापक धर्मा प्रसाईले बताएकी छन् । महापुराणमा प्रसाद ग्रहणका लागि सहभागी हुन न्यूटन्स एजुकेशन एकाडेमीका सबै अभिभावकलाई आमन्त्रण गरिएको छ ।

झापाको शैक्षिक उन्नयन र विकासमा लामो समय बिताएका शिक्षासेवी प्रसाईको क्यान्सर रोगका कारण गतवर्ष अमेरिकामा निधन भएको थियो । सरल र मिलनसार स्वभावका धनी प्रसाई आफ्नो आदर्श र निष्ठामा सधैँ अडिग थिए ।

झापाली शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा आफ्नो लगानी र मेहनत खर्चिएका प्रसाईको अभाव सधैँ खड्किने न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईँ बताउँछन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार ००:००  ९ : ३४ बजे