काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ । उक्त पार्टीले पुस १९ गतेका लागि बैठक बोलाएको हो ।
शुक्रबार बसेको सचिवालय बैठकले पुस १९ गते बैठक आह्वान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए । बैठक तीन दिनसम्म चल्नेछ ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ६० जिल्लामा जिल्ला भेला सम्पन्न गरेको छ ।
सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पार्टी अध्यक्ष रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर सरकारको आलोचना गर्दै आएको छ ।