१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दमकमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु



बिर्तामोड-जङ्गली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाको ज्यान गएको छ । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

शिविरको सेक्टर नम्वर २ को हट नम्वर दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए ।

साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ००:००  ७ : ४८ बजे