१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोसी प्रदेश : दशैँ अवधिको दुर्घटनामा १६ जनाको मृत्यु



झापा- दशैँको अवधिमा कोसी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यो तथ्याङ्क दिएको हो ।

५ कात्तिक फूलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटना भएका थिए । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती दुर्घटनामा २६५ जना घाइते भएका छन् । घाइतेमध्ये ४१ जनाको अवस्था गम्भीर छ ।

प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो । कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार ००:००  २ : ४३ बजे