१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा



झापा- नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो ।

महासंघकी अध्यक्ष कमला तुलाधरले आफ्ना मागहरू सम्बोधन गर्न सरकार तयार नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन् ।

पटक पटकको संवाद र छलफलपछि पनि सरकारले शिक्षा विधेयकमार्फत शिक्षक र कर्मचारीलाई धोका दिएको अध्यक्ष तुलाधरको आरोप छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ००:००  ८ : ३८ बजे