१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१६ वटा क्याम्पसको सम्बन्धन खारेज




झापा–त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो ।

गएको जेठमा त्रिविले एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो । परेका निवेदनका आधारमा क्याम्पसहरूलाई समायोजन गरेको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले जानकारी दिए ।

विद्यार्थी संख्या कम हुने र आर्थिक अवस्था कमजोर हुने क्याम्पसहरू गाभिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । दुईवटा गाभिँदा एउटा क्याम्पस स्वतः खारेज हुन्छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ८ : ०८ बजे