१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एज होइन एजेण्डाका कुरा गरौँ– कांग्रेस नेता विश्वकर्मा



झापा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले एज होइन एजेण्डामा राजनीति गर्नु पर्ने बताएका छन् । नेपाल भ्युजलाई दिएको अन्तरवार्तामा उनले एज र एजेण्डाका विषयमा राखेको धारणा जस्ताको तस्तै-

कांग्रेसले २००३ देखि २०८० सम्म आइपुग्दा कहिल्यै एजको राजनीति गरेन । यसले एजेन्डाको राजनीति गर्‍यो । २००७ सालमा हामीले जहाँनियाँ राणा शासन फाल्ने एजेन्डामा राजनीति गर्‍यौँ ।

२०४६ सालमा हामीले लोकतन्त्रको पुनः बहालीको एजेन्डामा राजनीति गर्‍यौँ । २०५७–५८ मा सामाजिक रूपान्तरणको एजेन्डामा राजनीति गर्‍यौँ । २०६२–६३ तिर राजतन्त्र फाल्ने एजेन्डाको राजनीति गर्‍यौँ । त्यसपछि मुलुकलाई शान्ति स्थापना गर्न राजनीति गर्‍यौँ ।

अहिले समृद्धिको राजनीति गर्दैछौँ । अब एजेन्डा छ भने त्यसको राजनीति गर्ने हो, एजेन्डा छैन भने एजको राजनीति गर्ने हो । एजेन्डाको राजनीति गर्दा एज गौण हुन्छ ।

अहिले शेरबहादुर देउवासँग एजेन्डा छ, अरु साथीहरूसँग एज छ । एज र एजेन्डा मिले पार्टी पूर्ण बन्छ ।

तर, एकथरिले एजको मात्रै र अर्को थरिले एजेन्डाको मात्रै कुरा गर्ने हो भने एजेन्डा पनि अधुरो रहन्छ र एजले पनि कहिल्यै एजेन्डा भेट्दैन । त्यसैले हाम्रो पार्टीमा सबै उमेर समूहका साथीहरू हुनुपर्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ७ : २९ बजे