१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारको राजस्व असुली लक्ष्य निराशाजनक



झापा– सरकारको राजस्व असुली लक्ष्य निराशाजनक देखिएको छ । अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व असुली निराशाजनक देखिएको हो ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। तर, पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख मात्रै राजस्व असुली भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले ४८ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ बजेट घाटा बेहोरेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ००:००  ८ : ३५ बजे