७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झिलझिलेमा आगलागी, ५० लाख क्षति भएको प्रारम्भिक अनुमान



सतासीधाम- झापाको झिलझिलेस्थित मोहन मैनालीको घरमा शनिवार बिहान आगलागी हुँदा ५० लाख बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विद्युत् सर्ट भएर मैनालीको घरमा आगो लागेको इलाका प्रहरी कार्यालय झिलझिलले जनाएको हो । पूजा कोठाबाट सल्किएको आगोले घरको एउटा फ्ल्याट पुरै जलेको प्रहरी निरीक्षक युवराज कटुवालले बताए ।

स्थानीय बासीको सक्रियतामा प्रहरीले दमकलका सहयोग लिएर दुई घण्टापटि आगो निभाएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ००:००  ८ : ५६ बजे