१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

दुई दिन मेची राजमार्ग बन्दको घोषणा !



बिर्तामोड-पहिचान पक्षधर राजनीतिक समूहले दुई दिन मेची राजमार्ग बन्दको घोषणा गरेको छ ‌। पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै समूहले राजमार्ग बन्दको घोषणा गरेको हो ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आह्वानमा बुधबार र बिहीबार राजमार्ग बन्दको घोषणा गरिएको छ । यस अघि समितिले मुख्यमन्त्री केदार कार्कीलाई भेटेर आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग गरेको थियो ।

सरकारलाई दिइएको अल्टिमेटम सकिएपछि समितिले राजमार्ग अवरुद्ध गर्ने निर्णय सार्वजनिक गरेको हो । पहिचानवादी नेता बुलेट किराँतीलाई तत्काल रिहा गर्नुपर्ने समितिको माग छ ।

इलाममा पराल बोकेको गाडीमा आगजनी गरेको आरोपमा किराँतीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले झुटो मुद्दा लगाएर फसाएको सङ्घर्ष समितिको दाबी छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार ००:००  ८ : ५७ बजे