१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारले ल्यायो ‘पशु पञ्जीकरण’ योजना



झापा-सरकारले ‘पशु पञ्जीकरण’ योजना अगाडि सारेको छ । हरेक पशुको विवरण राख्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो अवधारणा अगाडि सारेको हो ।

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर पशु पञ्जीकरण योजना लागू गर्ने बताए । यसका लागि सरकारले पशु कल्याण विधेयक बनाउने तयारी पनि गरेको छ ।

पशुले पाउने आधारभूत अधिकारसँगै पशुको परिचयका लागि पञ्जीकरणको योजना अघि सारिएको सचिव शर्माले बताए । मन्त्रालयले विज्ञसँगको परामर्शमा पशु कल्याण विधेयकको मस्यौदा तयार पारिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ७ : ४० बजे