१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

पत्रकार सहारा उपचार कोषमा १ करोड रुपैयाँ जम्मा भएको घोषणा



बिर्तामोड-नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार सहारा उपचार कोषमा १ कराेड रुपैयाँ जम्मा भएको घोषणा गरेको छ ।

सोमबार बिर्तामोडमा आयोजित समारोहका बीच महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोषमा १ करोड ११ लाख रूपैयाँ जम्मा भएको घोषणा गरेका हुन् ।

२०७३ सालमा स्थापना भएको कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले प्रारम्भमा पाँच लाख रुपैयाँ सहयोग गरेको थियो ।

पत्रकारको सामाजिक सुरक्षामा सघाउने उद्देश्यले स्थापना भएको कोषमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वले सहयोग उपलब्ध गराएका थिए ।

कोषमा एक करोड रुपैयाँ नाघेपछि महासङ्घ झापा शाखाले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरी दाताहरूलाई सम्मान गरेको छ ।

पत्रकार महासङ्घको स्तरोन्नति गरिएको भवनकाे पूर्व राष्ट्रपति डा. यादवले डिजिटल विधिबाट उद्घाटन गरेका छन् । बिर्तामोडस्थित बसपार्कमा महासङ्घको तीन तले भवन छ ।

भवन निर्माणका लागि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले प्रदेश सरकारबाट सहयोग गरेको महासङ्घका अध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ००:००  ७ : ४५ बजे