१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चैतदेखि पाइप लाइनबाट पेट्रोल आयात गर्ने तयारी



झापा- नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइप लाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ ।

मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइप लाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको हो ।

चैत महिनासम्म पाइप लाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको अमलेखगन्‍ज डिपोका प्रमुख विनीतमणि उपाध्यायले बताए ।

यस परियोजनाको पहिलो चरणको काम सम्पन्‍न भएर २०७६ भदौ २४ देखि पाइप लाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्‍जसम्म पाइप लाइनमार्फत डिजेल आयात भइरहेको छ ।

स्टोरेज ट्याङ्क नभएका कारण पाइप लाइनबाट पेट्रोल ल्याउन सकिएको छैन् । नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इण्डियन आयल कर्पोरेसन आइओसीले गरिरहेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार ००:००  ६ : ४३ बजे