५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

भद्रपुरमा एमालेको वडा कमिटी गठन



भद्रपुर- नेकपा एमाले भद्रपुर वडा नम्बर ७ को दोस्रो विशेष वडा अधिवेशनले मातृका तिम्सिनाको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

शनिबार सम्पन्न विशेष अधिवेशनबाट वडा कमिटीको उपाध्यक्षमा सीतादेवी गुरागाई, सचिवमा सुजन विष्ट दुलाल, उपसचिवमा सरिता पोखरेल, उपसचिवमा पुष्पलाल राजवंशी, सर्वसम्मत चयन भएका छन् ।

वडा सदस्यमा हुकुमलाल गणेश, सुरज श्रेष्ठ, अशिम घिमिरे, कुपित नारायण राजवंशी, सुमित्रा ढकाल, केदार पासवान, कमला बराल, कृष्ण खतिवडा, माया भट्टराई, कमन धमला, कालु राजवंशी, राधा पासवान, जगन्नाथ खतिवडा, योगेन्द्र ढुङ्गाना, टंक ओली, डिल्ली खतिवडा, वेना सोरेन, वित्रिस टुडु, मेघनाथ निरौला, लिलादेवी भट्टराई र श्यामकुमारी काफ्ले छानिएका छन् ।

अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटीका सदस्य माधव विद्रोही, प्रदेश सल्लाहकार लक्ष्मण पोखरेल, जिल्ला उपसचिव असारु राजवंशी, नगर कमिटी उपाध्यक्ष भीम सुब्बा केरुङलगायतका वक्ताहरुले नेकपा एमालेको मिसन २०८४ लाई सफल बनाउन पार्टी संगठन मजबुत बनाउनु पर्नेमा जोड दिए ।

सरिता पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता गुरागाईले स्वागत गरेकी थिइन् । नव निर्वाचित कमिटीलाई प्रदेश कमिटी सदस्य विद्रोहीले सपथ गराएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ००:००  १० : ४७ बजे