झापा– करिब सात सय मेट्रिक टन नेपाली टमाटर भारत निर्यात भएको छ । विभिन्न भन्सार नाकाबाट उक्त परिमाणको टमाटर निर्यात भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको हो ।
भारतले नेपालको उत्पादन निर्यातका लागि अनुमति दिएयता हालसम्म सात सय मेट्रिक टन टमाटर भारत निकासी भएको मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले बताइन् ।
टमाटरको भारत निकासी सुरु भएपछि नेपाली बजारमा मूल्य बढेको छ । तर, कतिपय व्यवसायीले टमाटरको भारत निकासी क्रमश घट्दै गएको बताएका छन् । निर्यात घटेपछि स्थानीय बजारमा टमाटरको मूल्यमा गिरावट आएको छ ।