१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भारतद्वारा नेपालको बिजुली किन्ने प्रस्ताव स्वीकृत



झापा-भारतले आगामी १० वर्षमा नेपालसँग १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ  ।

जेठ १७ मा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जा सचिवबीच भएको प्रारम्भिक सम्झौतालाई भारतको मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले अब विद्युत् निर्यातका लागि नेपाल र भारतका ऊर्जा सचिवबीच अन्तिम सम्झौता हुन बाँकी रहेको बताए ।

नेपालबाट अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् निर्यात हुँदै आएको छ । आगामी १० वर्षका लागि निर्यातलाई व्यवस्थित गर्ने गरी विभिन्न प्रसारण लाइनहरू निर्माण पनि भइरहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : ५९ बजे