झापा- पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५ लाख कित्ता आइपीओ जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीका लगानी व्यवस्थापक सुवास भट्टराईका अनुसार प्रस्तावित आइपीओबाट सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरिएको हो । आइपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ १३ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ । साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी आइपीओ निष्कासनको प्रक्रिया अघि बढाइने भट्टराईले बताए ।
पुष्पलाल इन्भेस्टमेन्टको आइपीओ घोषणासँगै पूँजी बजारमा नयाँ लगानीको अवसर थपिने अपेक्षा पनि गरिएको छ ।


















