४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

३० हजार मेट्रिकटन मल नेपाल भित्रिदै



झापा-नेपालका लागि खरिद गरिएको डीएपी (डाइ-अमोनियम फस्फेट) मलको पहिलो खेप भोलि (साउन ४ गते) नेपाल आइपुग्ने भएको छ ।

ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मलमध्ये पहिलो चरणमा १ हजार २५० मेट्रिक टन मल नेपाल भित्रिन लागेको हो । उक्त मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो ।

सम्बन्धित निकायका अनुसार पहिलो खेपको मल साउन १ गते कोलकाताबाट नेपालतर्फ ढुवानी सुरु गरिएको थियो । बाँकी मल भने कोलकाता बन्दरगाहमै प्याकेजिङको चरणमा रहेको छ ।

प्याकेजिङ सम्पन्न भएसँगै आइतबार अर्को रेल रेक पनि वीरगन्जका लागि पठाइएको छ । बाँकी मल पनि क्रमिकरूपमा नेपाल भित्र्याइने जनाइएको छ ।

यस्तै, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ । उक्त मलको अनलोडिङ तथा प्याकेजिङको काम भइरहेको छ । प्रक्रिया पूरा भएपछि युरिया मलसमेत चरणबद्ध रूपमा नेपाल ल्याइने तयारी गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार ००:००  ९ : २९ बजे