१८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026

शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण



बिर्तामोड-शिक्षासेवी स्वर्गीय गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा विद्यालय परिसरमा अनावरण गरिएको छ ।

कञ्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको प्रथम वार्षिकीको अवसर पारेर विद्यालय परिसरमा प्रतिमा निर्माण गरी बिहीबार अनावरण गरिएको हो ।

न्यौपानेका छोरा डा. केशवराज न्यौपानेका अनुसार आफ्ना बुबाको शैक्षिक योगदान र अमर सम्झनालाई जीवन्त राख्ने उद्देश्यले प्रतिमा स्थापना गरिएको हो ।

‘शिक्षाका क्षेत्रमा बुबाले पुर्‍याउनुभएको योगदान भावी पुस्ताले पनि सम्झिरहोस् भन्ने उद्देश्यले प्रतिमा स्थापना गरेका हौं,’ डा. न्यौपानेले भने ।

शिक्षासेवी न्यौपानेको गत वर्ष साउन ३० गते ६६ वर्षको उमेरमा निधन भएको थियो। कञ्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयको स्थापनादेखि शैक्षिक विकास र विद्यालय सञ्चालनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनको प्रथम वार्षिकीमा प्रतिमा अनावरणसँगै विद्यालयले न्यौपानेको शैक्षिक योगदान र शिक्षाप्रतिको समर्पणलाई स्मरण गरेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहिबार ००:००  ७ : ०८ बजे