झापा– नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ निर्धारण गरेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै पनि यस वर्ष माघ १५ गते कायम भएको हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँभन्दा तल रहेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदी बुधबार ९५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


















