बिर्तामोड-नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक मंगलबारदेखि सुरु भएको छ । बैठकको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
बुधबारसम्म चल्ने बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्ने भएकाले गहन छलफल गरी कार्ययोजनाहरू कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीका अनुसार बुधबार पाँचवटै निर्वाचन क्षेत्रीय कमिटीका संयोजक र १५ वटै पालिकाका इन्चार्जले राजनीतिक रिपोर्ट प्रस्तुत गर्नेछन् ।


















