वीरगञ्ज– भन्सार छलेर ल्याइएको चार लाख ४९ हजार बराबरको चक्लेट प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–७ कुम्हालटोल स्थित एउटा घरबाट बुधवार विभिन्न ब्राण्डका चक्लेट बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।
बरामद चक्लेट वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।