झापा-बैँक तथा वित्तिय संस्थाको पहुँचमा धेरै नेपाली पुग्न नसकेको सरकारी तथ्याङकले देखाएको छ । ७४.४४ प्रतिशतको पहुँच बैंक तथा वित्तीय संस्थासम्म नरहेको तथ्याङक विभागले जनाएको हो ।
विभागका अनुसार हालसम्म ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात् ३५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा पहुँच छ ।
७४ प्रतिशत व्यक्तिको बैंकसम्म पहुँच नहुनुले सरकार लक्ष्यसम्म पुग्न नसकेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।