बिर्तामोड-राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य र सांसदहरूबाट लिँदै आएको लेवी घटाउने निर्णय गरेको छ । मङ्गलबार बसेको सचिवालय बैठकले लेबी घटाउने निर्णय गरेको हो ।
पार्टीका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी लेबी घटाउने निर्णय भएको जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीका सांसदको १५ हजार र केन्द्रीय सदस्यको २५ हजार लेबी लिने निर्णय गरेको हो । यसअघि केन्द्रीय सदस्यले १ लाख रुपैयाँ र सांसदले २५ हजार लेवी तिर्दै आएका थिए ।
लेबी चर्को भएको भन्दै सांसदहरूले तीव्र असन्तुष्टि व्यक्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले लेबी शुल्क फेरबदल गरेको हो ।