५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

मुख्यमन्त्री कार्कीले उठाए सर्वदलीय सरकार गठनको सवाल



झापा-विश्वासको मत नपाएपछि कामचलाउ हैसियतमा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार गठनका लागि तयार रहेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउँदा पहिले ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनु पर्ने धारणा समेत अगाडि सारेका छन् ‌‌।

प्रदेशसभाको अंकगणितका कारण कुनै पनि दललाई बहुमत हासिल गर्न सहज नभइरहेका बेला कार्कीले सर्वदलीय सरकार गठनको अवधारणा अगाडि सारेका हुन् ।

मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको कुरा उठाए पनि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यस विषयमा मुख खोलेका छैनन् ।

कांग्रेस र माओवादी आ-आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाउपेचमा व्यस्त छन् । मुख्यमन्त्री कार्कीको प्रस्तावमा उनीहरुले खासै रुचि नदेखाएको जनाइएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेको कांग्रेससँग २९ माओवादी केन्द्रको १२ र नेकपा एकीकृत समाजवादीको चार मत छ । जनता जनता समाजवादीको एकमत जोडदार ४६ हुन्छ ।

प्रदेश सभामा झण्डै ४३ प्रतिशत मत एमालेको छ । ४० सिट भएको नेकपा एमाले ६ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक ठाउँमा छ ‌‌।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार ००:००  ७ : १३ बजे