१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लागूऔषध मुद्दामा श्रेष्ठ कारागार चलान



बिर्तामोड-लागूऔषध मुद्दाका एकजना अपराधीलाई सोमवार कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतको आदेशपछि मेचीनगर–६ का ३४ वर्षीय शिव श्रेष्ठ कारागार चलान भएका हुन् ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पुस १३ गते पक्राउ गरेको थियो । सार्वजनिक बिदाका कारण दुई दिन ढिलो अदालत पेश गरिएका उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको हो ।

लागूऔषध मुद्दामा झापा जिल्ला अदालतले गत भदौ २६ गते श्रेष्ठलाई तीन महिना कैद सजाय र पीडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गर्नु पर्ने फैसला गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार ००:००  ९ : ३० बजे