काँकडभिट्टा- लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले बिहीवार साँझ मेचीनगरबाट पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेका युवक प्रहरी चेकजाँचका क्रममा समातिएका हुन् ।
पक्राउ पर्नेमा नुवाकोट तार्केश्वतर गाउँपालिका ३ का सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ का खड्ग सुनुवार र झापा मेचीनगर ५ बद्री टोलका विक्रम दनुवार छन् ।
पक्राउ परेका अभियुक्तका साथमा ७० ग्राम ब्राउन सुगर फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।