१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रीमानसँग झगडा परेपछि महिलाले लगाइन आफ्नै शरीरमा आगो



चितवन-पारिवारिक झगडापछि नवलपरासीकी एकजना महिलाले बुधवार दिउँसो आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी छन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट–२ मा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आफैँ आगो लगाएकी हुन् । श्रीमानसँगको झगडापछि कुमालले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले सामान्य विषयमा विवाद हुँदा कुमालले शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । कोठाभित्रबाट चुकुल लगाएर उनले आगो लगाएको उनले जानकारी दिए ।

आगलागीका क्रममा कुमाललाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल भर्ना गरिएको छ । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ९ : ११ बजे