बिर्तामोड– नगरपालिकाले कक्षा पाँच सम्मका विद्यार्थीलाई पोशाक वितरण गरेको छ । नगरका १८ वटा सामुदायिक र दुई वटा धार्मिक विद्यालयमा पोशाक वितरण गरिएको हो ।
नगरपालिकाको शिक्षा शाखाको समन्वयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । चालु आर्थिक वर्षमा तीनहजार ७ सय १६ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले बताए ।