१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

झापाकाे बुद्धशान्तिमा जलेर महिलाको मृत्यु



बिर्तामोड– झापाको बुद्धशान्ति –३ दुइरिङ्गेमा रहेको एउटा घरमा आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ ।

७३ वर्षीया दिलकुमारी राईको आगलागीमा परी मृत्यु भएको हो । उनका श्रीमान भने घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रविन भट्टराईले बताएका छन् ।

घटनाबारे विस्तृत जानकारी प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार ००:००  १० : २० बजे