८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब



झापा-नेपालको चालु आर्थिक वर्षको चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । आयातमुखी अर्थ व्यवस्थाका कारण व्यापार घाटा चुलिँदै गएको हो ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा ३.३४ प्रतिशतले कम छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोडको वस्तु आयात गरिएको थियो ।

चाडपर्वको अवसरमा पनि आयातमा संकुचन आएको छ । गत आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको चार महिनामा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । निर्यात भने ७.६८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ००:००  ९ : ५१ बजे