९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

भोजपुरबाट धरान आउँदै गरेको जीप दुर्घटना : कम्तीमा ७ जनाको मृत्यु



मोरङ-उदयपुरमा आज दिउँसो जीप दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ७ मैनामैनीमा भिरबाट बाेलेराे जीप खस्दा ७ जनाको मृत्यु भएको हो ।

उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले सात जनाको घटनास्थलमै शव प्राप्त भएको जानकारी दिए । उनका अनुसार कसैको पनि सनाखत भएको छैन ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जीप सडकबाट ६०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलबाट ७ जनाको उद्धार गरिएको छ ।

घाइते सबैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खोल्न बाँकी छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  २ : २० बजे