१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मध्यावधि निर्वाचनमा जानुको विकल्प छैन् : नेपाली कांग्रेस



मोरङ- एमाले नेतृत्वको कोसी प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न संख्या बाधक भए मध्यावधि निर्वाचनमा जानुको विकल्प नभएको नेपाली कांग्रेसले जनाएको छ ।

सरकार गठनका लागि बहुमत पुग्ने अवस्था नहुने देखिएपछि कांग्रेसले मध्यावधि निर्वाचनमा जानु पर्ने बताएको हो । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने बताए । कोसी प्रदेश सभामा एमालेका ४० जना सांसद छन् । छ सिट भएको राप्रपाले एमालेलाई सघाउने बताइसकेको छ ।

विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् । सांसद संख्याका आभारमा समान मत आएर बराबरीको अवस्था भएमा प्रदेश मध्यावधितिर जाने हो कि भन्ने आशंकाबीच कांग्रेस संसदीय दलले मध्यावधिमा जानु पर्ने बताएको हो ।

तर, माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित सभामुख बाबुराम गौतमलाई निर्णायक मतका लागि प्रयोग गर्ने कांग्रेस माओवादीको तयारी छ ।

कानुनविद् भने सरकार गठनमा सभामुखको प्रयोग संविधानविपरीत हुने बताउँछन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार ००:००  २ : २० बजे