१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मेची नदीमा डुवेर बालकको मृत्यु



भद्रपुर-मेची नदीमा डुवेर शनिवार १३ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भद्रपुर ६ का शिव महतो रहेका छन् ।

मेची नदीमा पौडी खेल्ने क्रममा महतो डुवेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी अरु दुई जना साथीसँग पौडी खेल्न गएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

नदीमा डुवेका अर्का बालकलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ००:००  १० : ११ बजे