झापा–जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी –९ का पप्पु सहनीको १६ वर्षीया नाबालिग छोरी छन् ।
किशोरीको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केही नेपाली रुपैयाँ बरामद भएको छ ।
रेल्वे सुरक्षा वेस जनकपुरबाट खएिको सशस्त्र प्रहरीले ती किशोरीलाई नियन्त्रणमा लिएको हो । डीएसपी खड्कबहादुर शाहीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा किशोरीका साथमा कटुवा पेस्तोल बरामद भएको बताए ।
ती किशोरी पेस्तोल बोकेर नेपाल आएको विषयमा केही खुल्न सकेको छैन् । अनुसन्धान तथा कारबाहीका लागि उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।