काँकडभिट्टा- भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको छ । कोरोना संक्रमणपछि काँकडभिट्टा नाकाबाट पर्यटक नेपाल भित्रिने क्रम घटेको हो । कतिपयले यसलाई भारतीय अवरोधका रुपमा पनि बुझेका छन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार जनवरी यता तेस्रो देशका ८४ जना पर्यटक स्थलमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन् । यसले पनि उनीहरुको आवागमनमा कुनै न कुनै अवरोध रहेको पुष्टि हुने पर्यटन व्यवसायीको तर्क छ ।
भुटानबाट आउने नेपाल आउनेको संख्या भने उच्च छ । कार्यालयका सूचना अधिकारी इन्द्रकुमार राजवंशीले जनवरी यता १७४३ जना भुटानी नेपाल प्रवेश गरेको बताए । कार्यालयको तथ्यांकमा काँकडभिट्टा हुँदै स्वदेश फर्किएका नेपाली सबैभन्दा धेरै छन् ।
विदेशमा रहेका ३४०६ जना नेपालीले स्वदेश फर्किदा काँकडभिट्टा नाकाको बाटो रोजेको सूचना अधिकारी राजवंशीले बताए ।